दफा ५
विष्फोटक पदार्थको उत्पादन, प्रयोग, बिक्री, परिवहन र पैठारी गर्ने तथा राख्ने काम निषेध तथा नियन्त्रण गर्न सक्ने नेपाल सरकारको अधिकार
यो ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले सार्वजनिक सुरक्षाको निमित्त आवश्यक देखेमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै विष्फोटक पदार्थलाई उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने कामलाई पूर्णतः वा केही हदसम्म मनाही गर्न सक्नेछ ।